×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष पशुपतिमा छिटो र सहज दर्शनको व्यवस्था मिलाईयो, के भन्छन् दर्शनार्थीहरु ? (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथमा दर्शनार्थीहरुलाई सहज रुपमा पुजाआजाको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ । बिहीबार महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थी तथा भक्तजनहरुको भीड लागेको छ । अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष दर्शनार्थीलाई मन्दिर दर्शनका लागि छिटो र सहज हुने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले बताएको छ । ११ वटा उपसमिति गठन गरी राम्रो व्यवस्थापन गरिएको महाशिवरात्रि पर्व व्यवस्थापन समितिका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो ।
एकिकृत रुपमा सुरक्षा संयन्त्र परिचालन गरी सुरक्षाको प्रवन्ध मिलाइएको, स्वयम् सेवक पर्याप्त मात्रामा परिचालन गरिएको, भोजन, अवास, पानीको व्यवस्थापन मिलाइएको तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । जेष्ठ नागरिक तथा शारिरिक रुपमा अशक्त व्यक्तिहरुका लागि सुरक्षाकर्मी र स्वयम् सेवकको सहयोगमा छिट्टै दर्शन गर्न सकिने व्यवस्था मिलाईएको छ । अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष दर्शन गर्न सहज भएको दर्शनार्थि तथा भक्तजनहरुले बताएका छन् । महाशिवरात्रि पर्वको अवसरमा उल्लेख्य रुपमा साधुसन्त तथा भक्तजनको उपस्थिति रहेको छ । कोभिड १९ को संक्रमणबाट बच्न अनिवार्य मास्कको प्रयोग गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: