Skip to content
LAXMI SUNRISE BANK

पाटन दरबार क्षेत्रको मन्दिर पुनर्निर्माणका लागि हिमालयन बैंकको १ करोड रुपैयाँ सहयोग

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । हिमालयन बैंकले पाटन दरबार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माणका लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टलाई १ करोड रुपैयाँ प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद गौतमले ट्रस्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहितकुमार रन्जितकारलाई सहयोग चेक हस्तान्तरण गरेका हुन्। उक्त अवसरमा बैंकका कार्यकारी अधिकृत अशोकशमशेर राणा, बैंकका महाप्रबन्धकद्वय सुशील जोशी, अनुप मास्के, सहायक महाप्रबन्धक विपिन हाडा तथा ट्रस्टका सञ्चालक प्रतिमा पाँडेको उपस्थिति थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK