
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काभ्रेका मुखिया गाउँका सोझा गाउँलेहरुलाई बैंकिङ कसुरमा फसाएर अमेरिका भागेका पवन कार्की अमेरिकामा शानको जिन्दगी बिताईरहेका छन् । प्रहरीहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलको खोजी सूचीमा रहेका उनी नेपालमा झन्डै डेढ अर्व रुपैयाँ ठगेर भागेका छन् तर उनको नाममा रहेको ग्रीनकार्डका कारण उनलाई पक्राउ गर्न कानुनी व्यवधान छ ।
क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको प्रबन्ध सञ्चालक हुँदा कार्कीले विभिन्न कम्पनी खडा गरी सोही वित्तीय संस्थाबाट ऋण लिएर अरवौंको ठगी गरेका थिए । सोझा गाउँलेहरुका नाममा नक्कली कम्पनी खडा गरेर उनले काभ्रेको मुखियाँ गाउँका अधिकांस सोझा गाउँलेहरुलाई फसाएका छन् । उनले दक्षिण कोरियाबाट हुन्डीमार्फत नेपालतर्फ पठाइने विदेशी विनिमय हङकङ हुँदै अमेरिका पुर्याउने गरेको समेत अर्थ मन्त्रालयको अध्ययनमा भेटिएको थियो ।
नक्कली कम्पनीउपर अरवौं ऋण !
नेपालमा हुँदा सयौं सोझा गाउँलेहरुका नाममा नक्कली कम्पनी खडा गरेर ठग्न सफल भएका पवनकुमार कार्कीले विशेषगरी काभ्रेका सोझा गाउँलेहरुलाई फसाएका छन् । हुँदै नभएको कम्पनीलाई २२ करोडसम्म कर्जा लिएर अपचलन गरेका उनले गणेश उमेश फर्निचर उद्योग, साजन चिनी मिल प्रा.लि., श्रीकृष्ण टी उद्योग, सीता खाँडसरी सुगर मिल, सेतीदेवी फर्निचर उद्योग, श्रीबुढा महांकाल खाद्य प्रोडक्सन उद्योग, आर. के. स्टील फर्निचर उद्योग, जेसप खाद्य प्रोडक्सन, मेगा सप्लायर्स, रुबिसा खाद्य स्टोर, सुविन्द्र श्रेष्ठ, रिद्धिसिद्धी बिटन एण्ड राइस मिल, राजेश काष्ठ उद्योग, समृद्धि इन्भेस्टमेन्ट कम्पनी प्रा.लि., काभ्रे ब्रोइलर सप्लायर्स, मनोरम हाउजिङ, फुल्चोकी दाना उद्योग, श्रीगणेश जेन्टल फिल्म प्रोडक्सन, चित्रकुमार श्रेष्ठ र हलमार्क रेष्टुरेन्ट गरी २० वटा कम्पनी खडा गरी १ अर्ब ४७ करोड ४९ लाख ७५ हजार ठगी गरेका छन् र यो मुद्धा अहिले अदालतमा चलिरहेको छ ।
पक्राउ गर्न ग्रीनकार्ड बाधक !
७५ वटा मुद्धा खेपिरहेको भएपनि अमेरिकामा भागेर उतैको ग्रीनकार्ड लिएकाले उनलाई नेपाल झिकाउन सकिएको छैन । उनी कानुनी रुपमा अहिले अमेरिकी नागरिक भएका कारण उनलाई पक्राउ गर्न अमेरिकाको प्रहरीले दिएको छैन । उनी डिभी परेपछि अमेरिका पुगेका थिए । अहिले उनी टेक्सासमा बस्दै आएका छन् भने उनी अहिले ‘नमस्ते इन्डिया’ नामक ग्रोसरी पसल संचालन गरिरहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्