×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजस्व अनुसन्धान विभागद्वारा राजस्व छली गर्ने ३ जनाविरुद्ध झन्दै २ करोड बिगो माग दावीसहित मुद्दा दायर

LAXMI SUNSIRE
GLOBAL IME BANK

राजस्व अनुसन्धान विभागद्वारा राजस्व छली गर्ने ३ जनाविरुद्ध झन्दै २ करोड बिगो माग दावीसहित मुद्दा दायर

Artha Sarokar

६ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली बिल बनाएर राजस्व ठगी गर्ने ३ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । विभागले ३ जनाविरुद्ध १ करोड ८९ लाख २७ हजार ११२ रुपैयाँको बिगो दावीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । 
भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित सन्तोषी/लोहनी जेभी, सन्तोषी निर्माण सेवा प्रालिका सञ्चालक, प्रबन्ध निर्देशक तथा पार्टनर र मुख्य कारोबारी केशवराज कँडेलविरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो । 
उनीहरुले आर्थिक प्रलोभन देखाइ सर्वसाधारण व्यक्तिको नागरिकता र सहीछाप दुरुपयोग गरी त्यस्ता व्यक्तिहरुको नाममा राजस्व चुहावट गर्ने उद्देश्यले फर्महरु खडा गरी वस्तु तथा सेवा खरिद नै नगरी नक्कली मूल्य अभिवृद्धि कर बिजक मात्रै खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसुर गरेको विभागको भनाइ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी