×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री ओलीले शिक्षण अस्पताल पुगेर लगाए कोरोना भाइरसविरुद्धको खोप, दिए यस्तो प्रतिक्रिया (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रधानमन्त्री ओलीले शिक्षण अस्पताल पुगेर लगाए कोरोना भाइरसविरुद्धको खोप, दिए यस्तो प्रतिक्रिया (भिडियो रिपोर्ट)

२३ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले आइतबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाउनुभएको हो । प्रधानमन्त्री ओलीले खोप लगाएसँगै कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान शुरु भएको छ । खोप लगाइसकेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ प्रधानमन्त्री ओलीले प्रतिक्रिया दिने बेलासम्म कुनै साइड इफेक्ट नदेखिएको र असर नदेखिने विश्वास व्यक्त गर्नुभयो । सबैले खोप लगाएर कोभिडलाई पराजित गर्ने अभियान सफल पार्न उहाँले आव्हान समेत गर्नुभयो ।
कोभिड विरुद्धको खोप सुरक्षित भएकाले ढुक्क भएर खोप लगाउन उहाँले सबैलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘मैले कोभिडको भ्याक्सिन लगाएँ र अहिलेसम्म त्यस्तो साइड इफेक्ट केही पनि देखिएको छैन । हुँदैन होला भन्ने लागेको छ । म सबैलाई आग्रह गर्न चाहान्छु की कोभिड १९ विरुद्धको लडाई अब खोप मार्फत हुने चरणमा पुगेको छ । सबैले खोप लगाएर कोभिडलाई पराजित गर्ने हाम्रो अभियानलाई सफल पारौ भन्ने म आग्रह गर्न चाहान्छु । यसबाट आत्तिनुपर्ने कुरा केही छैन । कसैलाई कुनै नोक्सान अहिलेसम्म त्यस्तो भएको छैन । कहिले कहिले एकदुई जना, दुईचार जनालाई केही देखिएको होला लाखौमा तर यो सुरक्षित छ । यसमा ढुक्कले भ्याक्सिन लगाउनु भए हुन्छ । म सबैलाई आब्हान गर्छु ।’
आइतबार देखि दोस्रो प्राथमिकतामा परेका ६५ वर्षभन्दा माथिका उमेर समुहलाई खोप लगाउन शुरु गरिएको छ । यो अभियान अन्र्तगत करिब १८ लाख जेष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसका निम्ति देशैभरी करिब ६ हजार खोप केन्द्रहरुमा १५ हजार भन्दा बढी स्वास्थ्यकर्मीहरु परिचालन गरिएको मन्त्रालयले जनाएको छ । हेनुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: