
पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घले ‘डिजिटल भुक्तानी अर्थात् फोन पे क्युआर सेवा सञ्चालनमा ल्याएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ र इ–सेवा फोन पे प्रालिबीच मङ्गलबार क्युआर डिजिटल पार्टनरशीप सम्झौतामा हस्ताक्षर भएको हो । सङ्घले यसअघि नै इ–सेवा र क्युआ कोडमार्फत सदस्यता नवीकरण गर्ने व्यवस्था मिलाएको थियो । सङ्घका अध्यक्ष नारायण कोइराला र इ–सेवा फोन पे प्रालिका प्रमुख रणनीतिक प्रबन्धक रोशन लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
गण्डकी प्रदेशसभा सदस्य तथा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विन्दुकुमार थापाले डिजिटल भुक्तानी समयको माग भएको बताउनुभयो । उहाँले डिजिटल भुक्तानी सेवाको स्तरोन्नति गर्दै नागरिकलाई शिक्षित बनाउनुपर्ने र भ्रष्टाचार न्यूनीकरणका लागि डिजिटल भुक्तानीले सघाउने उहाँको भनाइ थियो । सङ्घका अध्यक्ष नारायण कोइरालाले सङ्घले यसअघि नै सदस्यता नवीकरण इ–सेवामार्फत गर्दै आएको जनाउँदै डिजिटल भुक्तानीले छिटोछरिटोसँगै समयको पनि बचत हुने धारणा राख्नुभयो । प्रबन्धक लामिछानेले क्युआर कोडमार्फत भुक्तानी छिटोछरितो हुने, खुद्राको समस्या नहुने, पैसा कहाँ खर्च भयो भन्ने जानकारी सुरक्षित रहने बताउनुभयो ।
मोबाइलमा इ–सेवा मोबाइल बैंकिङ एप्स डाउनलोड गरेर क्युआर कोड स्क्यान गर्न सकिन्छ । हाल इ–सेवा फोन पे प्रालिले ५१ वटा बैंकहरुसँग सहकार्य गर्दै आइरहेको जनाउँदै उहाँले यो सेवा सुरक्षित र भरपर्दो भएको दाबी गर्नुभयो । उहाँका अनुसार अहिले इ–सेवामार्फत सर्वसाधारणले रकम आदानप्रदान गर्न, बिजुली, पानी, टेलिफोनको महसुल भुक्तानी गर्न, मोबाइल रिचार्ज गर्न, इन्टरनेटको महसुल भुक्तानी गर्न, हवाई टिकट खरीद गर्न, क्रेडिट कार्डमा रकम जम्मा गर्न, कलेज, स्कूलको शुल्क बुझाउन र बजारमा शपिङ सेवा उपयोगी हुने गरेको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्