×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको सामाजिक कार्य : सिन्धुपाल्चोकका २ विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

अर्थ सरोकार

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार

PRIME CA

प्रभु बैंकको सामाजिक कार्य : सिन्धुपाल्चोकका २ विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रभु बैंकले आइतबार सिन्धुपाल्चोकको तालमराङ्ग गाउँपालिकास्थित तेर्षे माध्यमिक र बतासे माध्यमिक विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमणका लागि आएका उनीहरुलाई सो क्रममा बैंकिङ्ग साक्षरतासँगै शैक्षिक सामग्री समेत प्रदान गरिएको हो ।
स्थलगत अवलोकनको समापन समारोहमा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंक र बैंकद्वारा सम्पादन हुने सबै किसिमका कार्यहरुको बारेमा विद्यार्थीहरुले बुझ्ने गरी प्रकाश पारेका थिए । सो क्रममा बैंकका ब्राण्ड एम्बेस्डर एवं चर्चित गायक प्रकाश सपुतको समेत उपस्थिति रहेको थियो । प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: