×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु क्यापिटलद्वारा चितवनको भरतपुरमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रभु क्यापिटलद्वारा चितवनको भरतपुरमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन

१ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ ।  प्रभु क्यापिटल लिमिटेडले फागुन २९ गते चितवनस्थित भ्याली स्टेट कलेजको सहकार्यमा चितवनको भरतपुरमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । स्मार्ट ब्यांकेट, भरतपुरको सभाहलमा आयोजित कार्यक्रममा करिब २०० जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा भ्याली स्टेट कलेजका प्राध्यापक मन मन अधिकारीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले कार्यक्रममा सम्बोधन गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत पूँजी बजार सम्बन्धी यस्ता किसिमका कार्यक्रमहरुमा बिजनेस स्कुलहरुसँग सहकार्य गर्दै प्रभु क्यापिटल अगाडि बढेको बताए । साथै कलेजहरुले आयोजना गर्ने यस्ता कार्यक्रमहरुले वित्तिय साक्षरता अभिवृद्धिमा मद्दत गर्ने बताए । यस्तै कार्यक्रममा युनियन लाइफ इन्स्योरेन्सका प्रदेश नं. २ का डेपुटि प्रदेश प्रमुख इन्द्र राज सुवेदिले मोफसलमा यस्ता कार्यक्रमको आयोजना हुनु सुखद पक्ष रहेको र यसले शेयरबजारको बारेमा चेतना अभिवृद्धि गर्ने बताए ।
तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए । कार्यक्रममा नेपालको शेयर बजारको अवस्था, लगानी किन गर्ने, प्राथमिक बजार तथा धितोपत्रको दोश्रो बजार, शेयर बजारलाई प्रभाव पार्ने तत्वहरुका साथै शेयर बजार विश्लेषण गर्ने आधारभूत विश्लेषण तथा प्राविधिक विश्लेषण एवं आफ्नो पोर्टफोलियो कसरी बनाउने, लगानी व्यवस्थापन भनेको के हो लगायतका विषयमा जानकारी सहभागीहरुलाई जानकारी प्रदान गरिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: