×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु क्यापिटल लिमिटेडद्वारा शेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रभु क्यापिटल लिमिटेडद्वारा शेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन

Artha Sarokar

८ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले चैत्र ६ गते काठमाडौँ मण्डिखाटारस्थित इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) संस्थाको सहकार्यमा संस्थाको कार्यालय मण्डिखाटारमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा करिब संस्थामा आबद्ध २० जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।
यसैगरी क्यापिटलले काठमाडौँको कालिकास्थानमा रहेको प्लाटिनम कलेजका विविए संकाय अन्तरगतका विद्यार्थीहरुको लागि शेयर बजार सम्बन्धी ३ दिने आधारभूत तालिम कार्यक्रम शुरुवात गरेको छ । चैत्र ८ गतेबाट चैत्र १० गते सम्म ३ दिन चल्ने सो तालिमको पहिलो दिन आज नेपालको पूँजी बजार सम्बन्धी आधारभूत तालिम तथा प्राथमिक एवं दोश्रो बजारमा लगानी गर्नका लागि जान्नु पर्ने विषयका बारेमा तालिम दिइएको थियो । यसै गरी चैत्र ९ गते लगानी रणनीति तथा जोखिम व्यवस्थापनको बारेमा तथा चैत्र १० गते आधारभूत तथा प्राविधिक विश्लेषणको बारेमा तालिम सञ्चालन गरिने कार्यतालिका रहेको छ । सो तालिम कार्यक्रममा सो कलेजमा विविए संकायमा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुको सहभागीता रहेको छ ।
प्रभु क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा यस्तो तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ । आइआइडिएसमा सञ्चालन गरिएको तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत श्री कृष्ण गिरीले गर्नु भएको थियो । यसै गरी प्लाटिनम कजेलको तालिम कार्यक्रममा पहिलो दिन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले, चैत्र ९ गते प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र चैत्र १० गतेको तालिम रिसर्च हेड अविरल नेपालले सञ्चालन गर्ने कार्यतालिका रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी