×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको ३ अर्ब ५० करोड रुपैयाँको ३५ लाख इकाई ऋणपत्र बिक्री भएन, चैत १३ गतेसम्म लम्ब्याइयो म्याद !

PRIME CA
GLOBAL IME BANK

प्राइम कमर्सियल बैंकको ३ अर्ब ५० करोड रुपैयाँको ३५ लाख इकाई ऋणपत्र बिक्री भएन, चैत १३ गतेसम्म लम्ब्याइयो म्याद !

३ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • र्थ सरोकार सम्बाददाता
काठमाडौं । प्राइम कमर्सियल बैंकको  ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्रमा आवेदन दिने म्याद थपिएको छ । बैंकको ऋणपत्र बिक्री नभएपछि म्याद थप गरी चैत १३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको हो । बैंकले ऋणपत्र वार्षिक ८.७५% ब्याजदर दिने गरि आजबाट बिक्री खुला गरेको हो । ३५ लाख इकाई ऋणपत्रमध्ये १४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् भने २१ लाख इकाई अन्य संघसंस्थाको लागि छुट्याईएको छ ।
बैंकले ८ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा प्रतिइकाई १ हजार रुपैयाँ दरले न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् भने मेरो सेयर एपबाट पनि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकको आरबीबी मर्चेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गर्नेछ । ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि जुनसुकै दिन पनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराउने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: