×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्री खुला, कति पाइन्छ ब्याजदर ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्राइम कमर्सियल बैंकको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्री खुला, कति पाइन्छ ब्याजदर ?

२८ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज शुक्रबारदेखि प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले उक्त रकम बराबरको ३५ लाख इकाई ऋणपत्र वार्षिक ८.७५% ब्याजदर दिने गरि आजबाट बिक्री खुला गरेको हो ।३५ लाख इकाई ऋणपत्रमध्ये १४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् भने २१ लाख इकाई अन्य संघसंस्थाको लागि छुट्याईएको छ ।
बैंकले ८ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा प्रतिइकाई १ हजार रुपैयाँ दरले न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् भने मेरो सेयर एपबाट पनि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकको आरबीबी मर्चेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गर्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: