
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन रहेको छ । बैंकले फागुन २८ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेकोमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइनेछ ।
बैंकले बिक्रीमा ल्याएको ऋणपत्र सबै बिक्री नभएपछि समय थप गरेर आवेदन दिन पाउने म्याद चैत १३ गतेसम्म पुर्याएको थियो । बिक्री खुला भएको इकाईमध्ये १४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बैंकले बाँकी २१ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बैंकले ८ वर्ष अवधिको ऋणपत्र जारी गरेको हो ।
यसमा प्रतिइकाई १ हजार रुपैयाँ दरले न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् भने मेरो सेयर एपबाट पनि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकको आरबीबी मर्चेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गर्नेछ । यसमा वार्षिक ब्याजदर ८.७५% तोकिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्