×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिलोत्तमाको योगीकुटी हाट बजार क्षेत्रमा क्यूआर कोड प्रणलीबाट भुक्तानी गर्ने कार्यको शुभारम्भ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

तिलोत्तमाको योगीकुटी हाट बजार क्षेत्रमा क्यूआर कोड प्रणलीबाट भुक्तानी गर्ने कार्यको शुभारम्भ

६ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
लुम्बिनी । लुम्बिनी प्रदेशमा डिजिटल बैंकिंङ्ग सर्वसाधारणको पहुचसम्म पुर्याउन क्युआर कोडको माध्यमबाट भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने उद्येश्यले शुरु गरको अभियानमा तिलोत्तमा नगरपालिकाको योगीकुटीमा रहेको साप्ताहिक हाटबजार पनि थपिएको छ । प्रत्येक सोमबार र बिहीबार लाग्ने उक्त हाटबजारमा तरकारी तथा फलफुलका साथै अन्य पसलमा खरिद गर्दा पनि नगद रहित कोबार गर्न सकिने भएको छ । यस्ता भुक्तानीमा क्युआर कोड प्रयोग गरि उपभोक्ताले आफ्र्नो खाताबाट कुनै अतिरिक्त शुल्क नतिरी सेवा प्रदायकको खातामा रकम भुक्तानी गर्न सक्ने प्रणालीको यो बजार क्षेत्र पनि समाबेश गरिएको छ ।
उपरोक्त बजारमा क्यूआर कोडबाट भुक्तानी गर्ने कार्यको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले चैत्र ५ गते शुभारम्भ गर्नु भयो । माछापुच्छ्रे बैंकले प्रदान गरेको क्युआर कोड प्रणालीलाई शुभारम्भ गर्दै निर्देशक फुयालले यस प्रणालीबाट कारोबार गर्दा सुरक्षित, कम खर्चिलो र विश्वासनिय भएकोले यसमा सहभागिताको लागि सबैलाई आव्हान गरे । कार्यक्रममा माछापुच्छ्रे बैंक प्रबन्धक उज्जवल पाण्डे, शाखा प्रबन्धकहरु विकास भट्टराई र कृष्ण पाण्डे, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपाने, बजार समितिका अध्यक्ष कार्यवाहक वार्ड अध्यक्ष,स्थानीय ब्यापारी पत्रकार लागयतको उपस्थिती रहेको थियो । यस हाटबजार क्षेत्र भित्रका तरकारी फलफुल एवम् अन्य उपभोग्य वस्तु र लत्ता कपडाका करिब एकसय पचास भन्दाबढी ब्यापरीहरुका पसल सन्चालनमा छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: