
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अब सातै प्रदेशमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा प्रयोग गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्धेश्यले एउटा अभियान स्वरुप माछापुच्छ्रे बैंकले सातै प्रदेशका विभिन्न ठाउँमा क्यूआर कोडको सेवा उपलब्ध गराएको हो ।
आमनागरिक माझ डिजिटल बैंकिङ्ग सेवाको पहुँचबिस्तार गर्ने लक्ष्य सहित आक्रामक रुपमा लागिरहेको माछापुच्छ्रेबैंकले देशका सातै प्रदेशमा क्यूआर कोड सेवा सुरुवात गरेको छ । त्र ८ गते आइतवार नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक गोविन्द प्रसादनागिलाले कर्णाली प्रदेशको सुर्खेत स्थित कृषिबजार सुर्खेत, पुरानो तरकारी बजार हटियालाईन, अल्कायातायात, नमुनाहङकङ बजार हटियालाईन गरि ४ स्थानमा क्यूआ कोड सेवाको सुरुवात गरेका छन् ।
त्यसै गरि नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने तथा ग्राहक तथा व्यापारिलाई सहज डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ बैंकले चैत्र १० गते मंगलवार राजधानीको मनोहरा स्थित तरकारी बजारमानेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कडेलको प्रमुख आतिथ्यतामा व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गएिको छ । यसअघि बैंकले बिभिन्न समयमा अन्य प्रदेशहरुमा औपचारिक कार्यक्रमहरु गरि क्यूआर कोड सेवा सुरु गरिसकेको छ ।
आफुले प्रयोग गरेको वस्तुतथा सेवाकोआफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानिको विकास हुने, व्यापारीलाई हरेक दिनआफुले गरेको व्यापारबाट आएको पैसा जम्मागर्न बैंकसम्मजानुनपर्ने लगायतकाथुपै सुविधाहरुको कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमाआर्कषण बढ्दै गएको छ ।
यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बेंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमाआक्रमक रुपमा यो सेवाप्रदानगर्दै आइरहेको छ । बैंकले देशकाविभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरु लगायतकाविभिन्नव्यसायीहरुलाई प्रदान गरेको क्यूआर कोड सेवाले आमग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्