
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । माछापुच्छ्रे बैंकले एकैदिन ३ वटा प्रदेशका ४ स्थानमा क्यूआर कोड सेवा शुरु गरेको छ । बैंकले देशका हरेक भागमा डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ शुक्रबार देशका विभिन्न ४ वटा व्यापारिक संघसंस्थामा उक्त सेवा शुरु गरेको हो ।
प्रदेश नम्वर २ को गोलबजार स्थित पुरानो चोहर्वा हाटबजार, बाग्मति प्रदेशको चितवन नारायणघाटस्थित कृषि हाटबजार चितवनमा संचालित विभिन्न यातायात व्यवस्था समितिहरु भरतपुर मलमल यातायात, चितवन यातायात, सम्योग नेपाल यातायात, मुक्तिनगर यातायात, पूर्वि चितवन यातायात, संयुक्त रुट व्यवस्थापन समिति चितवन त्यस्तै गरि गण्डकी प्रदेशको कावासोती स्थित अमलटारी मध्यवर्ति होमस्टेमा गरि जम्मा ४ वटा व्यापारिक स्थानहरुमा क्यूआरकोड सेवा शुरु गरेको हो ।
नगदरहित कारोबारलाई प्रर्वद्धन उद्देश्यका साथ बैंकले शुक्रबार देशका विभिन्न स्थानहरुमा क्यूआरकोड हस्तान्तरण कार्यक्रमको आयोजना गरेको हो । उक्त क्यूआर कोड सेवा सुरु भएसंगै ग्राहकहरुले आफुले उपभोग गरेको बस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्