Skip to content
LAXMI SUNRISE BANK

कार्यालयको कामभन्दा भ्रष्टाचारमा लिप्त सरकारी कमर्चारी, धनुषाका कर अधिकृत घूससहित अख्तियारको फन्दामा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  बर्दिबास कार्यालयको टोलीले एक कर अधिकृतलाई नियन्त्रणमा लिएको छ । टोलीले आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषामा कार्यरत कर अधिकृत रमेश ढकाल एक लाख पचास हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । 
टोलीले सेवाग्राहीसँग अन्तः शुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि घुस माग गरी आरएन मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोप्राइटर नविन कुमार कर्णलाई लिन लगाएको उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK