×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यका बाहिर २ वटा शाखा खोलेपछि मात्र उपत्यकामा शाखा खोल्न लघुवित्त कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकको निर्देशन

PRIME CA

उपत्यका बाहिर २ वटा शाखा खोलेपछि मात्र उपत्यकामा शाखा खोल्न लघुवित्त कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकको निर्देशन

१७ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लघुवित्त कम्पनीहरुले अब उपत्यका बाहिर २ वटा शाखा खोलेपछि मात्रै काठमाडौं उपत्यकामा शाखा नभएको स्थानमा एउटा शाखा खोल्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७७ मा संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै यस्तो व्यवस्था गरेको हो । ‘काठमाडौं उपत्यका बाहिर २०७७ पुस मसान्तपछि २ वटा शाखा खोली सञ्चालनमा ल्याएपश्चात काठमाडौं उपत्यकामा लघुवित्त वित्तीय संस्थाहरुको शाखा नभएको स्थानीय तहका वडाहरुमा १ शाखा खोल्न स्वीकृति प्रदान गर्न सकिनेछ ।’ काठमाडौं बाहिर शाखा खोल्दा कम्तीमा एउटा शाखा गाउँपालिकामा हुनुपर्नेछ ।’ निर्देशिकामा भनिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: