×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बीमा संस्थानको नयाँ शाखा चाबहिल र भक्तपुरको सूर्यविनायकमा संचालनमा

PRIME CA

राष्ट्रिय बीमा संस्थानको नयाँ शाखा चाबहिल र भक्तपुरको सूर्यविनायकमा संचालनमा

१८ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले काठमाडौंको चाबहीलमा १७औं र भक्तपुरको सूर्यविनायकमा १८औं शाखा सञ्चालनमा ल्याएको छ ।  संस्थानको चाबहील शाखाको सोमवार काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष सुतकुमार डँगोल र संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
चाबहील शाखाको उद्घाटन गर्दै अध्यक्ष डँगोलले चाबहील क्षेत्रमा शाखा सञ्चालनमा ल्याएकोमा आभार प्रकट गर्दै सो क्षेत्रमा बीमा व्यवसाय र साक्षरता अभियान चलाउन आग्रह गरे । संस्थान सञ्चालक समितिका अध्यक्ष कँडेलले बीमा जीवनको सुरक्षाका साथै राष्ट्रको आर्थिक विकासका लागि पनि मेरुदण्ड भएको बताए । चाबहीलमा शाखा सञ्चालनमा आएपछि सो क्षेत्रका बासिन्दा केन्द्रिय कार्यालयसम्म पुगिरहन नपर्ने उनले बताए ।
यस्तै संस्थानको सूर्यविनायकमा सञ्चालनमा आएको नयाँ शाखाको मंगलवार सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र संस्थानका अध्यक्ष कँडेलले संयुक्त रुपमा उद्घाटन गरे । मेयर थापाले संस्थानलाई स्थानीय निकायमा शाखा सञ्जाल विस्तार गर्न आग्रह गर्दै यसका लागि जनप्रतिनिधिको सहयोग रहने प्रतिवद्घता व्यक्त गरे ।
संस्थानको काठमाडौंको कलंकीमा अर्को शाखा सञ्चालनमा आइसकेको छ भने ललितपुरको लगनखेलमा पनि तयार भएको कार्यालयबाट छिट्टै कारोबार शुरु हुन लागेको कम्पनीले जानकारी दिएको छ । यो सँगै संस्थानको उपत्याकाभित्र शाखा कार्यालय संख्या चार ओटा पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: