×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संघीय संसद सचिवालयबीच सम्झौता, कर्मचारीहरुलाई कर्जा प्रवाह गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संघीय संसद सचिवालयबीच सम्झौता, कर्मचारीहरुलाई कर्जा प्रवाह गरिने

Artha Sarokar

६ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संघीय संसद सचिवालयबीच सचिवालयका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव डा. रोजनाथ पाण्डेले हस्ताक्षर गर्नुभएको छ ।
उक्त सम्झौता भएपश्चात संसद सचिवालयमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई सचिवालयको सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । बैंकले आधार दरमा प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ५।६१ प्रतिशत रहेको छ । सम्झौता अनुसार सचिवालयका कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।
संघीय संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष नमराज नगरकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, सिंहदरबार परिसर शाखाका शाखा प्रबन्धक रोविन घिमिरे, सचिवालयका तर्फबाट प्रमुख लेखा नियन्त्रक उपसचिव बसन्तराज सिग्देल लगायत बरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल ७७ जिल्लामा २४७ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी