×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमले संयुक्त लगानी गरेको ‘नमस्ते पे’ ले पायो राष्ट्र बैंकबाट अनुमति

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक र नेपाल टेलिकमको संयुक्त लगानीमा सञ्चालन हुन लागेको ‘नमस्ते पे’ ले अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकले बुधबार मोबाइल भुक्तानी सेवा सञ्चालनका लागि अनुमति प्रदान गरेको राष्ट्रिय बाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले जानकारी दिए ।
राष्ट्रिय बाणिज्य बैंक र नेपाल टेलिकमको संयुक्त लगानीमा छुट्टै कम्पनी मार्फत यो सेवा सञ्चालन हुने अधिकारीले बताए । यसका लागित विगत २ वर्ष अगाडिदेखि प्रकृया अगाडि बढाइएको भए पनि नेपाल राष्ट्र बैंकबाट बल्ल स्वीकृती पाएको छ ।
डिजिटल वालेटको रुपमा नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट प्रयोग गर्न सक्ने छन् । मोबाइल नम्बरकै माध्यमबाट पैसा जम्मा गर्ने तथा भुक्तानी गर्न सक्ने सुविधा रहेको छ । विना इन्टरनेट पनि सञ्चालन गर्न सकिने भएकाले ग्राहकहरुका लागि सजिलो हुने कम्पनीले जनाएको छ ।
नमस्ते पेमा नेपाल टेलिकमले २५ करोडर राष्ट्रिय बाणिज्य बैंकले १५ करोड रुपैयाँ लगानी गरेका छन् । संयुक्त रुपमा ४० करोड रुपैयाँ लगानी रहेको नमस्ते पेमा टेलिकमको हिस्सा ६३ प्रतिशत र बैंकको ३७ प्रतिशत रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: