
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज शुक्रबार एनसीसी बैंकको ३० लाख कित्ता ऋणपत्र बिक्री खुला भएको छ । बैंकले १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्रीमा ल्याएको हो भने ६० हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरिनेछ । यस्तै सर्वसाधारणले ११ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले बैंकको सो ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एल ट्रिपल बि’ रेटिङ दिएको छ ।
बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ भने वार्षिक ९.५०% ब्याजदर पाइनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यो ऋणपत्रमा छिटोमा चैत १८ गतेसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्