Skip to content
LAXMI SUNRISE BANK

आरएमडीसी लघुवित्तको सामाजिक कार्य : दृष्टि विहीन हेरबिचार केन्द्रलाई शैक्षिक सामाग्री सहयोग

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बददाता 
सुर्खेत । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सुर्खेत जिल्ला स्थित दृष्टि विहीन हेरबिचार केन्द्रलाई सहयोग गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशका विकट पहाडी जिल्लाहरुमा रहेका विपन्न वर्गका दृष्टि विहीन विद्यार्थीहरुको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले एमपीथ्री, एअरफोन, ब्रेल पेपर, सेतो छडी लगायतका एक लाख २० हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री सहयोग स्वरुप प्रदान गरेको हो ।
आरएमडीसीका अध्यक्ष सुजाता जोशीले दृष्टि विहीन दृष्टि विहीन हेरविचार केन्द्रका अध्यक्ष जीवन कुमार शाक्यलाई उक्त सामाग्री हस्तान्तरण गरेका थिए । उक्त सहयोग सामाग्री आरएमडीसी लघुवित्तका साझेदार संस्था सुर्खेतको बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको समन्यवमा दृष्टि विहीन हेरविचार केन्द्रलाई हस्तान्तरण गरिएको हो ।
आरएमडीसी लघुवित्त वित्तीय संस्था नेपालका लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थाहरुलाई थोक कर्जा प्रदान गर्नुको साथै संस्थागत क्षमता विकासको लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । यस संस्थाले साझेदार संस्थाहरु मार्फत पिछडिएका वर्गका महिलालाई केन्द्रित गरी लघुवित्त क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संस्थागत आधारशिला निर्माण तथा जनशक्ति विकासमा विशेष योगदान पुर्याउँदै आईरहेकोे छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK