
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले अपाङ्ग सेवा संघलाई नगद तथा खाद्य सामाग्री प्रदान गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको बुङमतीस्थित रहेको उक्त संघलाई सहयोग स्वरुप नगद तथा खाद्य सामाग्री प्रदान गरेको हो । उक्त संघले विभिन्न किसिमका अपाङगता भएका बालबालिकालाई आश्रय दिँदै आइरहेको छ ।
आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले अपाङ्ग सेवा संघका अध्यक्ष दयाराम महर्जनलाई ५० हजार रुपैयाँ बराबरको खाद्य सामाग्री र अपाङ्ग सेवा संघको नाममा ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।उक्त हस्तान्तरण कार्यक्रममा आरएमडीसीका कामु नायव प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापा, वरिष्ठ प्रवन्धक अन्नपूर्ण श्रेष्ठ, प्रवन्धक ज्ञानु माया भण्डारी, उक्त संस्थाका अन्य पदाधिकारीहरु लगायत सोही संस्थाका बालबालिकाहरुको उपस्थिति रहेको थियो ।
संस्थाले साझेदार संस्थाहरु मार्फत पिछडिएका वर्गका महिलाहरुलाई केन्द्रित गरी लघुवित्त क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संस्थागत आधारशिला निर्माण तथा जनशक्ति विकासमा विशेष योजना पुर्याउँदै आईरहेकोे छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्