
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । हालको एनसीसी बैंक रहेको तत्कालीन रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड घोटाला प्रकरणमा मुछिएकाहरुमध्ये तत्कालीन रोयल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडका सञ्चालक वसन्त मल्ल, वरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्धसञ्चालक मधुवनलाल श्रेष्ठ, इनोभेटिभ कन्सेप्ट नेपाल प्रा।लि। का संचालक मनोज कुमार भेटवाल, ऋणी भैरव प्रसाद भेटवाल र रविन लामा पक्राउ परेका छन् । उनीहरुलाई पक्राउ गरी अदालतमा मुद्धा दायरसमेत गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण रिसालले जनकारी दिएका छन् ।
आयोगले दायर गरेको ११ वटामध्ये दोस्रो मुद्दामा अधिकारीसहित १० जनाविरुद्ध ३ करोड ८७ लाख ९४ हजार ७ सय २४ रुपैयाँ बिगो भराउन माग गरिएको छ भने तेस्रो मुद्दाामा अधिकारीसमेत १३ जनाविरुद्ध २ करोड १५ लाख २५ हजार ५ सय ६४ रुपैयाँ, चौथो मुद्दामा अधिकारीसमेत १२ जनाविरुद्ध ४ करोड ६३ लाख ६८ हजार २ सय ५४ रुपैयाँ, पाँचौँ मुद्दामा अधिकारी समेत १२ जनाविरुद्ध ४ करोड ३५ लाख ९८ हजार ५ सय ६६ रुपैयाँ, छैटौँ मुद्दामा अधिकारीसहित ११ जनाविरुद्ध २ करोड ९७ लाख ९१ हजार ८ सय ९७ रुपैयाँ, सातौँमा अधिकारीसमेत १७ जनाविरुद्ध १ करोड ७५ लाख ६७ हजार ८ सय ९४ रुपैयाँ बिगो दाबी गरिएको छ।
त्यस्तै आठौँ मुद्दामा अधिकारीसमेत १५ जनाविरुद्ध ११ करोड ११ लाख ५८ हजार ७ सय ७१ रुपैयाँ, नवौँमा अधिकारीसमेत १४ विरुद्ध १ करोड ४५ लाख १ हजार ८३ रुपैयाँ, दशौँमा अधिकारीसमेत १० जनाविरुद्ध ५ करोड ८७ लाख ३२ हजार ९ सय १२ रुपैयाँ र ११औँ मुद्दामा अधिकारीसमेत ११ जनाविरुद्ध ११ लाख ५४ हजार ७ सय ८ रुपैयाँ सार्वजनिक हानि नोक्सानी गरेको भन्दै बिगो भराउन दाबी गरिएको छ । साथै आयोगले गणपति कन्सल्टेन्सी प्रालिका इन्जिनियर सुरज श्रेष्ठले धितोको मूल्यांकन गरी प्रतिवेदन दिंदा बदनियतपूर्वक भए गरेका कुरा लुकाई छिपाई नभएको कुरा देखाई गलत गरी प्रतिवेदन दिएको पुष्टि भएको भन्दै कारवाहीको माग गरेको छ ।
ऋणी भैरव प्रसाद भेटवाल, साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिका प्रबन्धक विकास श्रेष्ठ, सहायक महाप्रबन्धक प्रदिप बहादुर कर्माचार्य र कर्मचारी देवराज ढुङगाना, प्रतिवादीहरु छविरमण अधिकारी, बसन्त मल्ल, मधुवन लाल श्रेष्ठ, मधुरलाल सिन्या, रिता वादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्यको मत सल्लाहमा लागेर सार्वजनिक संस्थाको सम्पत्तिको बदनियत तथा लापरवाही गरी हिनामिना तथा हानिनोक्सानी गर्ने कार्यमा संलग्न भएको पुष्टि हुन आएको आयोगले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्