×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रु रु जलविद्युत परियोजनाको ४ लाख ७ हजार ७०५ कित्ता आइपीओ भर्ने शुक्रबार अन्तिम दिन, तपाइले भर्नुभयो त ?

  • अर्थ सरोकार सम्बाददाता
काठमााडौं । रु रु जलविद्युत परियोजनाको ४ लाख ७ हजार ७०५ कित्ता आइपीओ भर्ने भोलि शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ७ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित गुल्मी जिल्लाका स्थानीयलाई ४ लाख ७ हजार ७०५ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त समयमा सबै सेयर बिक्री नभएमा चैत ८ गतेसम्म भर्न सकिनेछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्न सक्नेछन् ।
न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । स्थानीयले गुल्मी जिल्लामा रहेका शाइन रेसुंगा र गरिमा विकास बैंक तथा ग्लोबल आइएमई बैंकको शाखाबाट आइपीओ भर्न पाउने व्यवस्था गरिएको छ । रु रुले स्थानीयका लागि जारी पुँजीको १०% सेयर निष्कासन गरेको हो । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले रहेको छ । इक्रा नेपालले रु रु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ ।
कम्पनीले पाएको ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ । रु रुले स्थानीयलाई आइपीओ बिक्री गरिसकेपछि जारी पुँजीको १०% नै सेयर सर्वसाधारणलाई प्रिमियम भाउमा खुला गर्ने योजना बनाएको छ । सर्वसाधारणले भने प्रतिकित्ता १२० रुपैयाँमा आवेदन दिनुपर्नेछ । कम्पनीले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । माथिल्लो हुग्दीले २०७१ चैतदेखि विद्युत उत्पादन गर्दै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: