×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल चेम्बर अफ कमर्सद्वारा ७०औं वार्षिकोउत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल चेम्बर अफ कमर्सद्वारा ७०औं वार्षिकोउत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना (भिडियो रिपोर्ट)

२३ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७०औं वार्षिकोत्शव बिभिन्न कार्यक्रम गरि मनाइरहेको छ । नेपाल चेम्बर अफ कमर्सले शनिवार काठामाण्डौमा आयोजित दौड प्रतियोगिता आयोजना गरेको थियो । दौड प्रतियोगिताका विजयीहरूलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गर्नुभयो । रन फर फन नाम दिएको प्रतियोगितामा ३१५ जना खेलाडी सहभागी भएका थिए । 
पुरस्कार वितरण समारोहमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाज स्थापनाका लागि दौड प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । विद्यार्थी, सञ्चारकर्मी र व्यवसायीका अलगअलग दौड प्रतियोगिता गरिएको थियो । कार्यक्रममा वरिष्ठ म्याराथन धावकहरू वैकुण्ठ मानन्धर र रामकृष्ण महर्जनलाई सम्मानित गरिएको छ ।
२००७ सालमा प्रजातन्त्रको स्थापनासँगै चेम्बरले समाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउँदै अध्यक्ष श्रेष्ठले समाजका सबै क्षेत्रहरूमा व्यवसायीहरू अग्रपंक्तिमा रहेको बताउनुभयो । स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा चेम्बरले चित्रकला प्रतियोगिता, रक्तदान कार्यक्रम, दौड प्रतियोगिता सम्पन्न गरिसकेको छ । नेपाल महिला चेम्बरले व्यापारिक प्रर्दशनी तथा मेला आयोजना गर्दै छ । चेम्बरले गल्फ प्रतियोगिता पनि गर्दैछ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: