×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०.५०% बोनस सेयर दिने प्रस्ताव पारित गर्ने उद्देश्यसहित सबैको लघुवित्तले बोलायो चैत १४ गते वार्षिक साधारणसभा

GLOBAL IME BANK

१०.५०% बोनस सेयर दिने प्रस्ताव पारित गर्ने उद्देश्यसहित सबैको लघुवित्तले बोलायो चैत १४ गते वार्षिक साधारणसभा

१७ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । १०.५०% बोनस सेयर दिने मुख्य प्रस्तावसहित सबैको लघुवित्त वित्तीय संस्थाले चैत १४ गते वार्षिक साधारणसभा गर्ने भएको छ । सभा मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दिपुमा बिहान ११ बजे हुने भएको हो । संस्थाले सभामा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि रहेको छ । 
केन्द्रीय कार्यालय स्थानान्तरण गर्न सञ्चालक समितिलाई अख्तियारी दिइने भएको छ । सभा गर्न संस्थाले फागुन २८ गतेदेखि चैत १४ गतेसम्म बुक क्लोज गर्नेछ । फागुन २७ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भााग लिन र लाभांश पाउन सक्नेछन् । हाल यस लघुवित्तको चुक्ता पुँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: