×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामुदायिक लघुवित्तका सीईओ श्रेष्ठको राजिनामा स्वीकृत, निमित्तको जिम्मेवारीमा मगर

GLOBAL IME BANK

सामुदायिक लघुवित्तका सीईओ श्रेष्ठको राजिनामा स्वीकृत, निमित्तको जिम्मेवारीमा मगर

३ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवहरि श्रेष्ठले राजिनामा दिएका छन् । उनले गत फागुन २३ गते सीइओ पदबाट राजीनामा दिएका हुन् । कम्पनीको फागुन २३ गतेनै बसेको सञ्चालक समितिको बैठकले बैशाख १ गतेदेखि लागू हुने गरी श्रेष्ठको राजीनामा स्वीकृत गरेको थियो ।
कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीकी नायव प्रमुख कार्यकारी अधिकृत वेलु माया मगरलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ । उनलाई चैत १ गतेदेखिनै लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: