×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकसहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कसको साधारणसभा कहिले हुन्छ ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकसहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सांग्रिला डेभलपमेन्ट बैंकको गत वर्षको नाफाबाट ५% बोनस सेयर र कर प्रयोजनको लागि ०.२६% नगद गरी कुल ५.२६% लाभांश वितरण गर्दैछ । जसअनुसार लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन हो । लाभांश तथा सभा प्रयोजनका लागि बैंकले चैत १० गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्दैछ । बैंकको १६औं वार्षिक साधारणसभा चैत २३ गते बस्दैछ ।
यस्तै  डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट १५% बोनस सेयर र कर प्रयोजन सहित ५% नगद गरी कुल २०% लाभांश वितरण गर्दैछ । लाभांश तथा सभा प्रयोजनका लागि संस्थाले चैत १० गतेदेखि २० गतेसम्म बुक क्लोज गर्दैछ । संस्थाको १९ औं वार्षिक साधारण सभा चैत २० गते बस्दैछ ।
यस्तै महुली लघुवित्त वित्तीय संस्थाले पनि गत वर्षको नाफाबाट २०% बोनस सेयर र कर प्रयोजनको लागि १.०५% नगद गरी कुल २१.०५% लाभांश वितरण गर्दैछ । लाभांश तथा सभा प्रयोजनका लागि संस्थाले चैत १० गते बुक क्लोज गर्दैछ । जसअनुसार लाभांश पाउन आजसम्म सेयरधनि बन्नु पर्नेछ । संस्थाको वार्षिक साधारण सभा चैत २५ गते बस्दैछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: