×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके-२०२०’का उपविजेता सन्तोष साहलाई पर्यटन बोर्डको सम्मान (भिडियो)

अर्थ सरोकार

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार

PRIME CA

‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके-२०२०’का उपविजेता सन्तोष साहलाई पर्यटन बोर्डको सम्मान (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । बिबिसि मास्टर सेफ प्रोफेसनल्स यूके – २०२० को उपविजेता सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ । मंगलबार नेपाल पर्यटन बोर्डले बिबिसि मास्टर सेफ प्रोफेसनल्स यूके –२०२० का उपविजेता सन्तोष साहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएको भन्दै सम्मान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले सन्तोषले अन्तर्राष्ट्रिय जगतमा नेपाली खाना चिनाउन सफल हुनुभएकोमा उहाँको योगदान प्रति मन्त्रालयको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । सचिव कोइरालाले नेपाली खानालाई सबै होटल तथा रेष्टुरेन्टमा ब्रान्ड बनाएर अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता रहेको र युनेस्कोमा समेत दर्ता गर्नुपर्ने बताउनुभयो ।
सेफ साहले नेपाललाई विश्व सामु चिनाउने कोसिस गरेको बताउनुभयो । सेफलाई पनि सम्मान गर्ने नेपाली संस्कार बसेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । खानाको क्षेत्रलाई प्राथमिकता दिन सके नेपाललाई धेरै राम्रो बनाउन सकिने उहाँको भनाई छ । सिरहा जिल्लाको कर्जनाहामा जन्मिनुभएको साह लामो समयदेखि बेलायतमा बस्दै आउनुभएको छ । बिहिबार मात्रै काठमाडौं आउनुभएको उहाँलाई विमानस्थलमै पनि भव्य स्वागत गरिएको थियो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: