
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले प्रस्तावित लाभांश दोस्रो पटक संशोधन गरेको छ । कम्पनीको फागुन ११ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को लागि ९ दशमलव ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
तर नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम फागुन १८ गतेको सञ्चालक समितिको बैठकले पहिलो पटक लाभांश संशोधन गरी ८ दशमलव १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४३ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । कम्पनीको चैत २ गतेको सञ्चालक समितिको बैठकले बोनस शेयरमा पुनः संशोधन गरी ८ दशमलव १२ प्रतिशत वितरणको प्रस्ताव गरेको हो । नगद लाभांश भने शून्य दशमलव ४३ प्रतिशतनै रहेको छ ।
नयाँ नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रकृया सम्पन्न गरेको यस कम्पनीले नयाँ नेपाल लघुवित्तको गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा उक्त लाभांश दिने निर्णय गरेको थियो । मर्जर पश्चात हाल कम्पनीको चुक्तापूँजी रू. २३ करोड ५३ लाख ८६ हजार रहेको छ । नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त एक भएर गत असोज ५ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्