
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । औषधी व्यवस्था विभागका एक अधिकृत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ लिई भ्रष्टाचार गरेका आरोपमा औषधी व्यवस्था विभाग विराटनगरस्थित शाखा कार्यालयमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदीलाई पक्राउ गरेको हो ।
आयोगका अनुसार उनले सेवाग्राहीविरुद्धको मुद्दाको सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने भन्दै सो घुस मागेका थिए । उक्त घुस माग गरेको भन्ने सूचना प्राप्त हुनसाथ आयोगको कार्यालय इटहरीबाट गएको टोलीले उनलाई पक्रिएको हो ।
अनुसन्धानका क्रममा घुस माग गरी लिएको प्रमाणित हुन आएपछि सुवेदीविरुद्ध आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्