
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल उद्याेग परिसंघले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच भएको सहमतिलाई स्वागत गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच भएको ३ बुँदे सहमतिलाई सकारात्मक रुपमा लिनुपर्ने परिसंघका अध्यक्ष शतिस माेरले बताए । उनले सहमतिसँगै शान्तितर्फ मुलुक अघि गएको र अब व्यावसायिक क्षेत्र पनि लयमा आउने बताए ।
साथै उनले देश शान्तितर्फ जाँदा रोजगार सिर्जना हुने विदेशी लगानी पनि भित्रिने बताएका छन् । उक्त सहमतिमा नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक बिषयहरुको समाधान सम्बादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टीमाथी प्रतिबन्ध हटाउने सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरु छन् ।
सहमतिको विस्तृत विवरण २१ गते एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट ‘विप्लव’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्