×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय उद्योग व्यवसायी महासंघको राष्ट्रिय भेला आगामी शनिबार, व्यवसायीका हकहतिका विषयमा छलफल हुने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

राष्ट्रिय उद्योग व्यवसायी महासंघको राष्ट्रिय भेला आगामी शनिबार, व्यवसायीका हकहतिका विषयमा छलफल हुने

२४ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घआबद्ध उद्योगी तथा व्यवसायीको राष्ट्रिय भेला आउँदो शनिबार राजधानीमा हुने भएको छ । ‘समृद्ध नेपालको आधार राष्ट्रिय पूँजीको विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ हुन लागेको भेलामा देशभरका उद्योगी व्यवसायीको सहभागिता हुनेछ ।
भेलालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाहाल –नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्ने महासङ्घका केन्द्रीय प्रचारप्रसार समितिका संयोजक श्रीबल्लभ नेपालले जानकारी दिए । भेलामा उद्योगी व्यवसायीका हकहतिका विषयमा छलफल हुने र निष्कर्ष सरकारलाई हस्तान्तरण गरिने उनले बताए । भेलाले महासङ्घको घटक सङ्गठनको गठन र केन्द्रीय तथा कार्यालय सदस्य पनि थप गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: