- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । शुक्रबारसम्म देशभरका सम्पूर्ण शिक्षण संस्था बन्द हुने भएका छन् । देशभर वायु प्रदूषण बढेकाले विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि ४ दिन देशभरका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । सरकारको निर्णयपछि चैत १७, १८, १९, २० गते शिक्षण संस्था बन्द हुनेछ ।