×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शाखा विस्तारमा अघि बढ्दै रेसुङ्गा डेभलपमेन्ट बैंक, एकैदिन काठमाडौँसहित ५ स्थानमा शाखा संचालनमा

  • अर्थ सरोकार सम्बाददाता
रुपन्देही । रुपन्देहीको बुटलमा प्रधान कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्नो सेवा काठमाडौंमा पनि विस्तार गरेको छ । बैंकले काठमाडौंको ५ ठाउँमा शाखा विस्तारै गर्दै थप सेवा प्रदान गर्ने भएको हो ।  बैंकले काठमाडौंको नयाँ बानेश्वर, न्यूरोड,कलंकी, गोंगबु र महाराजगञ्जको ५ नयाँ शाखाको एकैदिन उद्घाटन गरेको छ ।वित्तीय पहुँच र ग्रामिण बैंकिङलाई उच्च प्राथमिकतामा राखेर बैंकले अब क्षेत्रलाई संघिय राजधानी काठमाडौंसँग आर्थिक कारोबारमा जोड्ने बताएको छ ।
वि।स। २०६५ साल फागुन ११ गतेबाट ३ जिल्ला कार्यक्षेत्र भएको विकास बैंकको रूपमा शाइन डेभलपमेन्ट बैंकले बैंकिङ्ग कारोबार शुरू गरेको थियो । त्यसपछि २०६९ चैत ४ गते गुल्मी जिल्लामा रहेको रेसुङ्गा विकास बैंकसँग मर्जर गरेर शाइन रेसुङ्गा विकास बैंक नामको नामबाट बैंकिङ्ग सेवा दिएको थियो । 
त्यसपछि २०७३ साल जेठ २९ गते प्युठान जिल्ला कार्यक्षेत्र भएको गौमुखी विकास बैंकलाई मर्जर गरी व्यवसायिक क्षमता विस्तार गर्दै ग्राहकलाई थप सेवा दिँदै आएको छ । विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने ६५ जना संस्थापकको ६ करोड चुक्ता पुँजीबाट हाल यस बैंकको ४ अर्ब पुँजी, ४ लाख बढी ग्राहक, ३३ अर्ब निक्षेप, ३१ अर्ब कर्जा, ८ सयभन्दा बढी कर्मचारी र ८० वटा शाखा सञ्जाल रहेको बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: