×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुंङ्गा डेभलपमेन्ट बैंकको नयाँ शाखा कार्यलय पोखरामा, इश्वरीप्रसाद भट्टराईद्धारा उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

शाइन रेसुंङ्गा डेभलपमेन्ट बैंकको नयाँ शाखा कार्यलय पोखरामा, इश्वरीप्रसाद भट्टराईद्धारा उद्घाटन

Artha Sarokar

४ चैत्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
कास्की । शाइन रेसुंङ्गा डेभलपमेन्ट बैंकले कास्कीको पोखरामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंङ्गाले गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो शाखा विस्तार गरेको हो । योसँगै बैंकको शाखा संख्या ७७ पुगेको छ । शाखा कार्यालयको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक इश्वरीप्रसाद भट्टराईले उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै निर्देशक भट्टराईले उत्पादनशील क्षेत्रमा कर्जा लगानी बृद्धि गरी अर्थतन्त्रमा टेवा पुर्याउन सुझाव दिए । उनले बजारको गहिरो अध्ययन गरेर लगानी गर्न र डिजिटल बैकिङलाई प्राथमिकता दिन पनि सुझाव दिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले सातै प्रदेशमा शाखा सञ्जाल विस्तारको क्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा आइपुगेको बताए ।
बैंकले सबसँग हातेमालो गरेर गण्डकी प्रदेशको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउने बताए । गण्डकी प्रदेशको बागलुङको बुर्तिबाङमा पनि बैंकको शाखा सञ्चालनमा छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले स्थानीय माग र आवश्यकता अनुसार कर्जा लगानी गरिने बताए । देशभरका ८ वटा राष्ट्रिय स्तरका विकास बैंकमध्ये शाइन रेसुंङ्गा लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय रहेको एक मात्र विकास बैंक हो । ३३ अर्ब निक्षेप संकलन तथा ३० अर्ब कर्जा लगानी गरेको बैंकका ४ लाख बढी ग्राहकहरु छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी