
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा राम कुमार गिरी नियुक्त भएका छन् । बैंकको संचालक समिति बैठकले चैत्र २ गते देखि लागु हुने गरी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमागिरीलाई नियुक्त गरेको हो । उनिसँग नेपाल बंगलादेश बैंक, सनराईज बैंकलगायत कम्युनिटी डेभलपमेण्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत तथा एक्सेल डेभलपमेण्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गरी कुल बैंकिङ्ग क्षेत्रमा २१ बर्ष भन्दा बढी कार्य गरेको अनुभव छ । आगामी दिनमा वहाँको योग्यता तथा कार्य अनुभवले यस बैंकलाई अझ प्रगति तथा उच्च स्थानमा पु¥याउन सक्ने अपेक्षा लिएको छ ।
यस बैंकमा कर्मचारी संचय कोष लगायत यसै बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत तथा अनुभवी र ब्यावसायिक ब्यक्तित्वहरुको संचालक समिति रहेको छ । बैंकले न्युनतम ब्याजदरमा सर्वसुलभ तरिकाले गुणस्तरीय सेवा प्रदान गर्नुका साथै निशुल्क lgz’Ns ABBS, C-ASBA, IPS, ECC, Mobile Banking, Merchant payment Facility (QR code) लगायत सम्पुर्ण सघन बैंकिङ सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।
बैंकले प्रधान कार्यालय, बाह्रविसे तथा बनेपा स्थित कर्पोरेट तथा शाखा कार्यालयहरु मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ्ग, विकासचोक, लाहुरेचोक, चनौलि, नारायणगढ, हेटौडा र ठोकर्पा गरी कुल २३ शाखा तथा सुकेटे र सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित कूल २५ स्थानबाट वित्तिय सेवा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्