
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको आइपीओ बाँडफाँड यसै साताभित्र हुनसक्ने सम्भावना रहेको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले कम्पनीको आईपीओ यस्तै साताभित्र बाँडफाँड हुनसक्ने सम्भावना रहेको बताएको हो ।आवेदन रुजु गर्ने काम बाँकी रहेकाले मिति टुंगो लाग्न भने नसकेको क्यापिटलले जनाएको छ ।
यस कम्पनीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी २६ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो । आईपीओमा कुल २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १६ लाख ३५ हजार ५३७ जनाले २ करोड ४६ लाख ६५ हजार ६४० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ९.३४ गुणा बढी हो ।
सर्वसाधारणलाई बिक्री गरिएको २६ लाख ९४ हजार कित्तालाई आधार मान्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १३ लाख ७१ हजार ५३७ जना भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्