
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी कम्पनीको आईपीओ आज दिउँसो साढे ३ बजे बाँडफाँट हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडले कम्पनीको आईपीओ आफ्नै कार्यालय त्रिप्रेश्वरमा आईपीओ बाँडफाँट गर्ने जनाएको हो । कम्पनीले गत माघ ४ गतेदेखि फागुन ३ गते सोमबारसम्म आयोजना प्रभावित दोलखाको कालिन्चोक र बिगु गाउँपालिकाका स्थानीयहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
१९ हजार १९८ जना आवेदकबाट १७ लाख ४५ हजार ३५३ कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ । जुन स्थानीयबाट माग गरेको (१४ लाख ५० हजार) कित्ताको तुलनामा २०.३७ प्रतिशत बढी हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि सेयर बाँडफाँट गरेसँगै दोश्रो चरणमा सर्वसाधारणका लागि २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नेछ । आईपीओपछि कम्पनीमा संस्थापक र सर्वसाधारणको पूँजी संरचना ७०ः३० हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्