काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले सफ्टवेयर सोर्स कोर्ड दुरुपयोग गर्ने तीन जनालाई पक्राउ गरेको छ । साइबर ब्युरो भोटाहिटीबाट खटिएको टोलीले नेशनल सफ्टवेयर एण्ड आइटी सोलुशन प्रालि कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोर्ड र युजर इन्टरफेस हुबहु नक्कल गरी सफ्टवेयर सोर्स कोर्ड दुरुपयोग गर्ने तीन जनालाई आइतबार पक्राउ गरेको हो ।पक्राउ पर्नेमा प्रिफेस टेक्नोलोजी प्रालि बुटवलका सञ्चालकत्रय दाङका ३९ वर्षीय विमल केसी, रुपन्देहीका ४० वर्षीय श्यामबहादुर चौधरी र पूर्वी नवलपरासीका ३६ वर्षीय शङ्कर ज्ञावाली रहेका छन् । ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले प्रिफेस टेक्नोलोजी प्रालिले नेशनल सफ्टवेयर एण्ड आइटी सोलुशन प्रालि कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोर्ड र युजर इन्टरफेस नक्कल गरी बिक्री वितरण गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ परेका तीनै जनालाई चैत १ गतेको काठमाडौँ जिल्ला अदालतको आदेशले छ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रवक्ता अर्यालले बताउनुभयो । अन्य सञ्चालक फरार रहेकाले खोजी कार्य भइरहेको ब्युरोले जनाएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्