
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सनराइज क्यापिटलले आज आइतबारदेखि ‘सनराइज ब्लूचिप फन्ड’ को १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला गरेको छ । सनराइज क्यापिटलले सनराइज म्युचुअल फन्ड अन्तर्गत उक्त योजना बिक्री खुला गरेको हो । यो बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा सो इकाई बिक्री खुला गरेको हो । कुल १० करोड इकाईमध्ये कोष प्रवर्धक सनराइज बैंकलाई १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई खुला गरेकाे हाे ।
लगानीकर्ताले उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् भने छिटोमा चैत्र ४ गतेसम्म र ढिलोमा चैत्र १६ गतेसम्म आवेदन दिन सक्नेछन् । यस इकाईकाे बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गरेकाे छ । उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्