
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सनराइज बैंक लिमिटेडले स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. ११ हेलुमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७१ पुगेको छ ।
बैंकले पुतलीबजार नगरपालिका वडा नं. ११ हेलु स्याङ्गजामा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा यूवराज अर्याललाई नियुक्त गरेको छ । गत शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा पुतलीबजार नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष भवानी प्रसाद लामिछाने, भिरकोट नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष शेषकान्त अर्याल, भिरकोट नगरपालिका उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जगदिश प्रसाद कोईराला समेतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख सुजन पौडेल, वालिङ्ग शाखाका शाखा प्रवन्धक ध्रुव प्रसाद लम्साल र अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्