×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सनराइज ब्लूचिप फण्ड’मा आवेदन दिने आइतबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सनराइज म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने “सनराइज ब्लूचिप फण्ड” मा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । प्रति इकाई मूल्य १०/- दरको १० करोड इकाईमध्ये कूल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सनराइज बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला भएको थियो । 
सोही फण्डमा आज चैत्र ८ गते आइतबार बैंकिङ्ग समयसम्म मात्र आवेदन दिन सकिने क्यापिटलले जानकारी गराएको छ । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकोले ढुक्क भएर लगानी गर्न सकिने जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: