×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराईज ब्लूचिप फण्डको इकाई बाँडफाँड, ३० लाख इकाईसम्म माग गर्नेले मागे जति पाए

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सनराईज ब्लूचिप फण्डको इकाई बाँडफाँड, ३० लाख इकाईसम्म माग गर्नेले मागे जति पाए

१३ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सनराईज सामुहिक लगानी कोष अन्तर्गत संचालन हुने सनराईज ब्लुचिप फण्डको इकाई बाँडफाँड गरिएको छ । आज सनराईज क्यापिटलको कार्यालयमा सो फण्डको बाँडफाँड गरिएको हो । स्किमको प्रति इकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाई (बिज पूँजी वापत कोष प्रवद्र्धक सनराइज बैंक लिमिटेडलाई छुट्टाइएको १ करोड ५० लाख इकाई सहित) चैत १ गतेदेखि ८ गतेसम्म बिक्री खुल्ला गर्दा सर्वसाधारण तर्फ १० रुपैयाँ अंकित दरको ८ करोड ५० लाख इकाई निष्काशन गरिएको थियो ।
उक्त निष्कासन अवधिमा सर्वसाधारण लगायत बैंक वित्तीय संस्था, इन्स्योरेन्स कम्पनीहरुबाट ५६ हजार ५८ जना आवेदकहरुबाट जम्मा १२ करोड ३७ लाख ६४ हजार ५ सय ४० इकाईका लागि आस्वा/सिआस्वा मार्फत आवेदन प्राप्त भएकोमा ५३ हजार १ सय ४४ जना आवेदकहरुबाट रितपूर्वक प्राप्त भएको ११ करोड ८६ लाख १९ हजार ८ सय ४० इकाईको लागि स्वीकृत भएको सनराइज क्यापिटलले जनाएको छ ।
सामूहिक लगानी कोष निर्देशिका, २०६९ तथा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम १०० कित्ता इकाईदेखि ३० लाख इकाईसम्म माग गर्ने ५३ हजार १ सय ७९ जना आवेदकहरुलाई माग बमोजिम ५० लाख ईकाइ माग गर्ने ४ जना आवेदकहरुलाई ४६ लाख ५ हजार २६ इकाईको दरले र करोड माग गर्ने २ जना आवेदकहरुलाई ४६ हजार ५ सय २८ इकाईका दरले सर्वसाधारणहरुको १० करोड ६२ लाख ५० हजार इकाई बाँडफाँड गरेको सनराईज क्यापिटलले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: