×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ब्रोकर नम्बर ३७ को बदमासी, १ महिनासम्म सेयर बेचेको रकम भुक्तानी भएन, पैसा माग्दा उल्टै धम्की !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पछिल्लो समय ब्रोकर कम्पनीहरुले लगानीकर्ताको रकम भुक्तानी गर्न निकै ढिलासुस्ती गरेको पाइएको छ । केहि समय अघि मात्रै नेपाल धितोपत्र बोर्डले सेयर बजारमा ‘टि प्लस टु’ लागु गरेको थियो । सिडिएस एन्ड क्लियरिङले धितोपत्र कारोबारलाई थप व्यवस्थित र थप सहज बनाउने लक्ष्यका साथ सेयर खरीद वा बिक्री गरेको दुई कार्य दिनमा नै राफसाफ हुने व्यवस्था बोर्डले गरेको थियो । तर सो व्यवस्था भने लागु भएको देखिएको छैन । संचालनमा रहेका अधिकाशं ब्रोकर कम्पनीले भुक्तानीको मामिलामा आलटाल गर्ने गरेका छन् । 
ब्रोकर नम्बर ३७ अर्थात स्वर्ण लक्ष्मी सेक्युरिटिजविरुद्ध उजुरीसमेत परेको छ । सो कम्पनीले लगानीकर्तालाई रकम दिन एक महिनासम्म ढिलाइ गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी परेको छ । सो कम्पनीले आफुलाई भुक्तानीमा ढिलाई गरेको भन्दै हेटौंडाका रमेश पण्डितले क्षतिपूर्तिकोसमेत माग गरेका छन् । उनले  जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आवश्यक कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन् । पण्डितले आफुले कारोबार गरेको रकमका लागि कम्पनीमा जाँदा उल्टै आफुलाइ सो कम्पनीले धम्क्याउने गरेको पनि बताएका छन् ।
  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: