
- अर्थ सरोकार सम्बाददाता
तनहुँ । खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका–२ मालेबगरमा सञ्चालित एक उद्योग बन्द गराइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार गरेको अनुगमनका क्रममा अनुज्ञापत्र नलिई विभिन्न सामग्री उत्पादन गर्ने न्यु झलक दालमोठ उद्योग बन्द गराइएको हो । उद्योगले दालमोठ, सिन्थेटिक ड्रिङ्क र अन्य उत्पादकको मिठाई आफैँले प्याक गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । बरालका अनुसार अनुज्ञापत्र लिएर कानूनी प्रक्रिया पूरा गरेर मात्रै उद्योग खोल्न व्यवसायीलाई निर्देशन दिइएको छ ।
“बजारमा जनगुनासो आएपछि प्रशासन कार्यालयले आकस्मिक अनुगमन गरेका हो”, सहायक प्रजिअ बरालले भन्नुभयो, “उक्त उद्योगले उद्देश्य विपरीतका काम गरेको अनुगमनबाट देखिएको छ ।” उक्त उद्योगमा सामान खरिदको बिलसमेत नभेटिएको बरालले बताउनुभयो । अनुगमनका क्रममा बरामद भएका तेल, घ्यू, मिठाई लगायतका अखाद्य वस्तु नष्ट गरिएको छ । अनुगमनका क्रममा उद्योगले साइनबोर्ड नराखेको, उत्पादनमा लेबल विवरण पूर्ण नराखेको र भण्डारण स्थलमा रहेका कच्चा खाद्य पदार्थमा लेबल नभएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका खाद्य निरीक्षक प्रशान्त पोखरेलले जानकारी दिनुभयो । “उद्योगमा सामग्री उत्पादन गर्ने प्राविधिक सीप लिएका व्यक्तिसमेत नभएको स्वयं सञ्चालकले स्वीकार्नुभएको छ”, उहाँले भन्नुभयो ।
अनुगमनपश्चात् उद्योगका सञ्चालक वीरेन्द्रकुमार श्रेष्ठकोसमेत सहमतिमा हाल उत्पादन बन्द गरिएको छ भने उत्पादन भइसकेका वस्तुहरुको उत्पादक स्वयंले गुणस्तर परीक्षण गराउने सहमति भएको छ । “उद्योगलाई १५ दिनभित्र सम्पूर्ण कानुनी प्रक्रिया पूरा गराउन निर्देशन दिइएको छ,” पोखरेलले भन्नुभयो, “साथै बिलबिजक सात दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पेश गर्न निर्देशन दिएका छौँ ।” अनुगमनमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायणप्रसाद ढकाल, तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्र, दमौली बजार एकाइ सभापति राजकुमार श्रेष्ठ ९राकु० लगायतको सहभागिता थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्