Skip to content
LAXMI SUNRISE BANK

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा अख्तियारको छापा : ११ लाख घुससहित दुई जना रंगेहात पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठ पक्राउ परेकी छिन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सञ्चालन अनिश जोशीलाई पनि अख्तियारले पक्राउ गरेको छ ।
श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी घुस मागेको सूचनाको आधारमा टंगालस्थित अख्तियारको टोली परिचालित भएको थियो ।
सोही क्रममा श्रेष्ठ र जोशी दुवैलाई ११ लाख रकमसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौंको कार्यालय प्रवेश गर्ने मूलगेट अगाडिबाट नियन्त्रणमा लिइएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK