- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज (बुधबार) ३ सयले बढेर प्रतितोला ८६ हजार ९ सय रुपैयाँमै कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७४ हजार ५ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।