
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । युनाईटेड फाईनान्सले सुदुरपश्चिम प्रदेशकै पहिलो शाखाको रुपमा धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । फाईनान्सले बिहीबारदेखि कैलाली जिल्लाकाे धनगढी चौराहामा आफ्नो २४औं शाखा सञ्चालनमा ल्याएको हो ।
बिहीबार आयोजित उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघ, कैलालीका अध्यक्ष श्री पुष्पराज कुवर र फाईनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले संयूक्त रुपमा उद्घाटन गरेका थिए । सोही कार्यक्रममा फाईनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पु¥याउनका लागि बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए ।
नयाँ शाखा सञ्चालनमा आएसँगै फाईनान्सको शाखा कार्यालयको संख्या २४ पुगेको छ । युनाईटेड फाईनान्सले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा मार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साथै यस फाईनान्समा भारतको प्रतिष्ठित कम्पनी मुथुट फाईनान्सको समेत लगानी रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्